२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २०जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार नाघेको छ । आजसम्म ४१ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् । १० हजार ४ सय ९३ रहेको छ भने ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५६ प्रतिशत छ ।

सम्बन्धित समाचार

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

काठमाडौं, २ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि एमाले बागमती संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो । संसदीय दलको नेतामा सर्वसम्मत चयन...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राई र मन्त्रीहरूले लिए शपथ

विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...

जेठ २ मा फर्कंदा संस्थापन स्पष्ट बहुमतमा, माधव समुह अल्पमतमा (सूचीसहित)

काठमाडौं, असार १६ । नेकपा एमालेले माधव नेपाल समुहको माग पूरा गर्दै एकताअघि २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि केन्द्रीय कमिटीमा को बलियो भन्ने जिज्ञासा उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्...

सातै प्रदेशमा ओलम्पियाड्स सेमिनार

काठमाडौं, २४ साउन-विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्सको आयोजना गर्ने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्