नेकपा विवाद सचिवालय बैठकमा लैजाने - News Birat

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

न्यूज विराट
काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा छलफल गर्ने निचोड निकालिएको प्रचण्ड सचिवालयले जनाएको छ ।

छलफलमा मुख्यतय: कर्णालीको विषय, भारतीय ‘रअ’ प्रमुख सामन्त गोयलको नेपाल आगमन र प्रधानमन्त्रीसँग भेटवातको विषयमा साथै पर्सा घटना र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको जनाइएको छ । यी देखिएका विवाद सचिवालय बैठकमा छलफल गर्न दुवै अध्यक्ष सहमत भए पनि सचिवालय बैठक बोलाउने मिति भने तोकिएको छैन ।

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको अवस्था शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट वार्ता भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles