मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम
सोमबार, ०१ पुष, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो । बिजनेस आइडिया इनोभेसन कार्यक्रममा मेरिल्याण्ड कलेजमा व्यवस्थापन संकाय लिएर अध्ययन गर्दै आएका तेस्रो र चौथो वर्षमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले भाग लिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । उक्त कार्यक्रममा कलेजका ८ वटा समूहले भाग लिएका थिए । एउटा समूहमा पाँच जना विद्यार्थीहरु रहेका थिए । उनीहरुले बिजनेश प्लान बनाएर निर्णायकहरुसामू योजना प्रस्तुत गरेका थिए । ‘विद्यार्थीहरुलाई पढाइसँगै विजनेश आइडिया दिनुको साथै पढाइ सकेपछि कसरी व्यापार व्यवसायमा अगाडी बढाउने त्यस विषयमा जानकारी दिने हाम्रो एक मात्रै उद्देश्य हो,’ प्रिन्सिपल ढकालले भने, ‘कितावी ज्ञानलाई व्यवहारमा उतार्न हामीले बिजकनेश आइडिया इनोभेसन कार्यक्रममार्फत गरिएको हो ।’ प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुले नगद ११ हजार रुपैयाँ पाएका थिए । कार्यक्रममा बोल्दै निर्णायक मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले विद्यार्थीहरुको प्रतिभा देखाएर आफु उत्साहित भएको बताए । पढाइसँगै ब्यापारिक योजनाबारेमा जानकारी दिदा व्यवसाय संचालनमा थप मध्धत पुग्ने उनले बताए । त्यस्तै एनएमबी बैंक विराटनगरका म्यानेजर रमेश अधिकारीले मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर देशको लागि दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताए । कलेजले उत्पादन गरेको विद्यार्थीहरुले एनएमबी बैंकसहित अन्य थुप्रै क्षेत्रमा कार्यरत रहेको उनले बताए । त्यसै कलेजका उपाध्यक्ष डा. पिके झाले मेरिल्याण्ड कलेजले संसारका जुनसुकै विश्वविद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरेको बताए ।
कार्यक्रमामा नवीन भट्टराई, नारायण साह, सुरज खतिवडा र दिव्या लालवानी लाइ सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका निर्देशकहरु डा. मनोज गुप्ता, नन्द किशोर अग्रवाल, प्रदिप भगतलगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन पंकज जैनले गरेका थिए ।
विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...
विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने...
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप हुने भएको हो । ...
काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर,...
प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...
विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...
विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...