
प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा धारणा राख्न लागेका हुन् ।
एमालेले अहिलेको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गर्दै आएको छ ।
सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ ।