जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने
शुक्रबार, ०७ असोज, २०७९,
न्यूज विराट
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप हुने भएको हो ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीव्र भएको जानकारी गराएको छ । प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता रहेको लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीले जानकारी दिए । प्रतियोगितामा पशुपति युवा क्लब दादरवेरिया, हातिबन्धा युवा क्लब भाथिगछ, लाली गुराँस स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा ३, लक्ष्मिनिया युवा क्लब, महाराजी युवा क्लब वैरिया भिमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागी रहेको छ । शनिवार हुने प्रतियोगिताको उद्घाटन खेलमा पशुपति युवा क्लब र हातिबन्धा युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ लाग्ने संयोजक तथा क्लबका सचिव उपेन्द्र राजवंशीले जानकारी दिए । विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १ हजार पाँच सय रुपैयाँ पाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजक जीवन विकासले गरेको छ । कार्यक्रममा बोल्दै जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले खेलकुद र शिक्षाबाटबाट जीवन विकासको उत्पत्ति भएको जानकारी गराउँदै खेल क्षेत्रको विकास गर्ने उद्देश्यले मुख्य प्रयोजक भएर खेलकुद गराएको बताए । ‘खेलकुद क्षेत्रको विकासमा जीवन विकास लागि परेको छ,’ उनले भने, ‘यहाँबाट राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न र यस क्षेत्रको समग्र विकासमा जीवन विकास लागि परेको छ । ’
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...
विराटनगर । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र वकृषि लगायतका विषयमा गहन विचार–विमर्श...
पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...
काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...
विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...
काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...
विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार...
काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...