श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

 न्यूज विराट
श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् ।

उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् ।

जिफन्ट कोशी प्रदेशले विराटनगरमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार आयोजना गरेको कार्यक्रममा सहभागिहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले वित्तीय पहुँच पनि बढाउने भएकोले यसलाई कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग पुग्ने भएकाले कार्यन्वयन पक्षलाई अगाडी बढाएर लैजानुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले योगदानमा आधरित सुरक्षा सामाजिक सुरक्षामा आवद्ध गराउन दबाव सृजना गरेको बताए । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरू योगदानमा आधरित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सचेतना अभियान सँगै दवाव मुलक कार्यक्रमहरु पनि गर्दै आएको उनले सुनाए ।

‘कोशी प्रदेशमा रहेका स्थानी तहहरुमा कार्यविधी बनाएर पेश गरिएको छ । ज्ञापन पत्र बुझाएको छ । कानुनले दिएको अधिकार प्रयोग गरी योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गर्न हामीले औद्योगिक प्रतिष्ठानदेखि स्थानीय तहहरुमा पनि दबाव दिदै आएका छौं,’ अध्यक्ष धमालले भने, ‘हामीले रोजगारीमा आवद्ध भएकाहरुको अभिलेख राख्न पनि स्थानीय तहरुलाई भन्दै आएका छौं ।’

कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला


कार्यक्रममा पेशागत महासंघ मोरङका अध्यक्ष ओम सुेवदी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, जिफन्ट युवा कमिटि कोशी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बा गुरूङ लगायतले योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार सुन तोलाको ९९...

यस्तो छ आजको मौसम

काठमाडौं, १७ माघ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशको उच्च पहाडी...

प्याब्ससन स्पोर्टस मिट : फुटबलमा सनरे र हरैचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेन मार्चपछि पहिलो पटक सार्वजनिक 

एजेन्सी, जेठ १३-अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने पक्का भएका नेता जो बाइडेन मार्चपछि पहिलो पटक घरबाहिर निस्किएका छन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन करिब १० सातापछि मास्कसहित...

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

विराटनगर, २४ साउन । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड –१९) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुहार ढाक्ने फेस शिल्ड वितरण गर्न थालेको...

रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

विराटनगर । मोरङको रंगेली नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । संघीय निजामती सेवा ऐन संशोधनसहित स्थानीय तहका कर्मचारीको माग समावेश गर्न माग गदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघीय सरकारको विरोध गरेका...

निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्