काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

 न्यूज विराट
काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर, काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौँको संख्यामा तरकारी खरिद गर्नेको भीड हुने गरेको छ ।

सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुनेलगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरूरूको भीडभाड देखियो । तरकारी बजारमा झुण्डझुण्डमा मानिसहरूले तरकारी किनिरहेका थिए । सामाजिक दूरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरूले तरकारी किनिरहेका थिए । बजारमा साबुनपानीले हात धुने व्यवस्था पनि गरिएको छैन ।

यस्तै, स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन । केही व्यक्तिहरूले मास्क र पञ्जा भने लगाएको देखिन्छ । अस्थायी बजारको रूपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भीडभाड अस्वाभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

सम्बन्धित समाचार

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण

सुर्खेत, १४ जेठ-कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका  निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि  भएको हो । कर्णालीमा  यसअघि २३ जनामा...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

रुकुम हत्या काण्ड छानविन गर्न सांसद बराइलीको माग

विराटनगर, जेठ १५–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद उमिता बराईलीले रुकुम हत्या काण्डको संसदिय समिति मार्फत छानविन गर्न माग गरेकी छन् । बिहिबार प्रदेश नं. १ प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बराईलीले सो घटनाको संददिय...

सुनसरीको देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, सनातन धर्म संस्कृतिको संरक्षणमा जोड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको श्री कृष्ण माविमा ग्राम शुद्धिकरण महायज्ञ (घर वापसी) लगाएको छ । विश्व हिन्दु परिषद नेपालले शनिबार महायज्ञ लगाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए...

वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर १२ सेमिमा

विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ नं. वडा सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर १७ लाई २–० गोलले हराउँदै विराटनगर १२ सेमिफाइनलमा पुगेको हो ।जितको...

विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं, ४ असार-प्रतिनिधिसभाबाट सन्देशसहित विनियोजन विधेयक बहुमतले पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्