मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

 न्यूज विराट
मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आकर्षण बढेको हो ।
कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई बिहीबार स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कक्षा ११ मा भर्ना भएका ६ सय ३७ बढी विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज परिसरमा अभिमुखिकरण गराएको हो । कलेजमा भर्ना भएका २३ औं ब्याजमा विद्यार्थी हुन् ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका भिसि प्राडा बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा खेलेको भूमिका पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर मेरील्याण्डले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । आजको शिक्षा प्रविधियुक्त र रोगजारमुखी शिक्षा हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थी विश्व स्तरमा बिक्ने खालको दक्ष जनशक्ति उत्पादन गरेको कारणले जुनसुकै ठाउँमा रोजगारी पाउने बताए । कार्र्यक्रममा कलेजका निर्देशकहरू डा. मनोज गुप्ता, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवालले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरील्याण्ड सधै उत्कृष्टमा परेको बताए ।
२०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था भएको उनले बताए । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ । उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

कलेजले दुई जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुस्मिता खत्री र सरु खड्कालाई सम्मान गरेको हो ।
सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।

कार्र्यक्रममा कलेजका निर्देशकहरू हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवालले सिपले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए ।

सम्बन्धित समाचार

प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

विराटनगर, १२ माघ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

निगमले किन्ने पेट्रोल र डिजेलको खरिद मूल्य घट्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...

प्रदेश २ मा ओली पक्षको भेला, पूर्वमाओवादी संसदीय दलका नेता मण्डल समेत सहभागी

काठमाडौं, १५ पुस-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको प्रदेश २ को कायकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वीरगञ्जस्थित आदर्शनगर टाउन हलमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । पार्टीको औपचारिक विभाजनको सन्देश...

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका...

विपन्न विद्यार्थीलाई राहात वितरण

विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्