
काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ । अब पेट्रोलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।