राशिफल

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यतामा र विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्यालको उपस्थितीमा जाडोबाट बच्नका लागि सुकुम्बासी परिवारलाई एक सय वटा कम्बल वितरण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

कम्बल वितरण कार्यक्रममा क्लकी अध्यक्ष संचिता जैन, सचिव अनिता सारडा, सेवा परियोजना प्रमुख गिरिजा सारडा, जनसम्पर्क प्रमुख मञ्जु अग्रवाललगायत क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...