सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

 न्यूज विराट
सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन । आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।

उनले भने,‘आज विराटनगरमै उहाँको सम्झनामा फाउन्डेसनको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको छ ।’ आचार्यले कोइरालाको सादा र सौम्य जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको चर्चा गरे । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउन्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताउँदै समाज रुपमान्तरणमा फाउन्डेसनले योगदान दिने विश्वास व्यक्त गरे । फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवन शैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । उनले फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने बताइन ।

फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएरको अध्यक्ष कोइरालाले जानकारी दिइन् । फाउन्डेसन भवन निर्माण गर्न प्रदेश १ सरकारकाले ७५ लाख रुपैयाँ बजेट छुट्याई दिएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ ।शुसिल कोइराला विराटनगरमा जन्मिएको र उनको योगदानलाई स्मरण गराउनकै लागि यो संस्था विराटनगरमा दर्ता भई संचालनमा आएको फाउन्डेसनका सचिव दिपक चापागाईंले जानकारी दिएका छन् । कोइरालाको पाँच वर्षअघि निधन भएको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्