प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

 न्यूज विराट
प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

विराटनगर, १२ माघ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले जनताका प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएपछि अहिलेसम्म प्रदेशसभा बैठक बस्न सकेको छैन ।

बुधबार प्रदेशसभास्थित दलको कार्यालयमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले विभिन्न सात बुँदे मागसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

‘तीन महिना पुग्न लाग्दासमेत सरकारले संसद् बैठक बोलाएको छैन, जनताका समस्या त्यहाँ बोल्न पाउँ भन्ने माग गरेका छौँ । हिँजो हाम्रो सरकार र अहिलेको सरकारले तीन महिनामा गरेको गतिनिधिको छानविन गर्न समिति गठन गरेका छौँ’, एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘अहिलेको परमादेशको टालाटुली सरकारले जनताको नाममा आएको बजेटलाई रोकेर मन्त्रालय विभाजन गर्ने बजार हल्ला छ, त्यसलाई चरितार्थ गर्न खोजेको हो भने त्यसविरुद्धमा जाने निर्णय गरेका छौँ ।’

उनले एमालेले आफ्नो नेतृत्त्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभावी खारेज गर्ने र एमाले संसदका क्षेत्रहरूमा विनियोजित बजेट कटौती गर्ने कार्यको गर्न खोजेकाले त्यसविरुद्ध शसक्त प्रतिपाद गर्नेसमेत निर्णय गरेको जानकारी दिए ।

सरकारले कोरोना खोपको गति बढाउन नसकेको र जनस्वास्थ्यमा ठूलो असर पुगेकोले खोपको समानुपातिक वितरणमा ध्यान दिनुपर्ने सदंसदीय दलको बैठकले निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले बताए ।

सम्बन्धित समाचार

रोजगार मेलामा नौ सय जना दक्ष जनशक्ति सम्पर्कमा

विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

लकडाउनको मोडेल फेर्न सरकारले थाल्यो गृहकार्य

काठमाडौं, २० जेठ-सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

आफूखुसी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्