शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स

 न्यूज विराट
शिक्षादीप कलेज रोज्ने विद्यार्थीको भिड, ८ सयको कोटामा विज्ञान पढन २३ सय विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीप कलेजले प्रत्येक वर्ष मेडिकल, इन्जिनियरिङ र आइटिको क्षेत्रमा विद्यार्थीहरूले छात्रवृत्तीमा नाम निकाल्न थालेपछि उक्त कलेजप्रति विद्यार्थीको आकर्षण बढेको हो । यसको पुष्टि पनि बुधबार भएको कक्षा ११ मा विज्ञान संकाय अध्ययन गर्नको लागि कलेजले लिएको प्रवेश परीक्षाले गरिदिएको छ ।

विज्ञान संकायको ८ सय जनाको कोटाको लागि कलेजले लिएको प्रवेश परीक्षामा २ हजार ३२७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । व्यवस्थापन संकायको लागि कलेजले बिहीबार प्रवेश परीक्षा लिने तयारी गरेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्ज मेडिकल इन्ष्टिच्युट (त्रिवि शिक्षण अस्पतालमा) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ ।
गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् । कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोउत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् ।
यस वर्ष शिक्षादीपका ७ जनाले विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । त्यसैगरी इन्जिनियरिङमा तीन जनाले नाम निकाल्न सफल भएका छन् अग्रपंतिमा नाम निकालेका छन् भने पचासौँ विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन् ।

कलेजले विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण तयार गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । कलेजले शिक्षण सिकाइका लागि सुविधासम्पन्न पूर्वाधार तयार गरेको छ । अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् ।
कक्षा ११ र १२ मा सबैभन्दा धेरै छात्रवृत्ति दिने कलेजमध्ये पर्छ शिक्षादीप कलेज । कलेजले हरेक वर्ष सयौंको संख्यामा विद्यार्थीलाई विभिन्न शीर्षकको छात्रवृत्तिमा अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल खड्काले बताए ।
प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गरिरहेको कलेजले बताएको छ । सरकारले तोकेको कोटाअन्तर्गत छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि प्रशस्त रहेको कलेजले जनाएको छ ।

सम्बन्धित समाचार

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

जातीय विभेदको आरोपमा महिला पक्राउ

सोलुखुम्बु, १ जेठ-जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३,...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्