राशिफल

संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

 न्यूज विराट
संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरि मिडिया काउन्सील विधेयकसहित फोन ट्यापिङ र सेना परिचालनको बिषय प्रधानमन्त्रीको मातहतमा ल्याउने गरि बिधेयकहरु पारित गराउनेतर्फ लागेका कारण सरकारको भनाई र गराईमा फरक देखिएको बताए ।

उनले सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाए पनि ब्यवहारमा दुखी नेपाली र दरिद्र नेपाल बनाउन लागि परेको दाबी गरे । उनले आफ्नो पार्टी संबिधान संशोधनको सर्तसहित सरकारमा गएपनि नेकपा र प्रधानमन्त्री स्वयं सहमतिबाट पछि हटेका कारण आफुहरु सरकारबाट बाहिरिएको प्रष्ट पारे ।

अध्यक्ष यादवले संबिधान संशोधन गरि सर्वस्वीकार्य नबनाएसम्म मुलुक अग्रगतिमा बढ्न नसक्ने बताउँदै संशोधन नगरे जनताले सडक संघर्षको बाटो रोज्ने चेतावनीसमेत दिए । पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले दुई नम्वर प्रदेशमा आफनो पार्टी सरकारवाट नबाहिरिने प्रस्ट पारे । समाजवादी पार्टी र राजपा विचको सहकार्य रहुुन्जेलसम्म दुई नम्वर प्रदेशको सरकारवाट पार्टी नह्टने उल्लेख गरे ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...