काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण - News Birat

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

न्यूज विराट

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो ।

आज देशभर ५ हजार १ सय ८१ को पीसीआर गर्दा ८ सय ३० जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ५ सय जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles