भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

 न्यूज विराट
भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।

यसैगरी, जायडस क्याडिला हेल्थकेयरको जायकोभ–डीको पनि तेस्रो चरणको परीक्षण पूरा भएको छ । डीसीजीआईले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।

यसमा पनि केही साइड इफेक्ट देखिनेछ । हल्का ज्वरो, दुखाइ र एलर्जी हरेक खोपमा सामान्य रूपमा देखिने तर खोप शतप्रतिशत सुरक्षित रहेको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोपले मान्यता पाउनु हरेक भारतीय नागरिकका लागि खुसी र गर्वको कुरा भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि खोप स्वीकृति दिएकोमा स्वागत गरेको छ । डब्लूएचओको साउथ–इस्ट एसिया रिजनल डाइरेक्टर डा. पुनम क्षेत्रपाल सिंहले भारतको यो निर्णयबाट यो क्षेत्रमा महामारीविरुद्धको लडाइँ बलियो हुने विश्वास व्यक्त गरेकी छिन् । कोरोना भाइरसविरुद्धको खोपले स्वीकृति पाएसँगै अब आगामी सातादेखि भारतमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

भारतका तीनवटा कम्पनीले आपतकालीन प्रयोगका लागि स्वीकृति मागेका थिए । अमेरिकी कम्पनी फाइजरले बनाएको खोपको भने तथ्यांक मागेको छ । डब्लूएचओले यो खोप प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...

शनिबार कोरोना पुष्टि भएका दुवै नेपाली सेना

काठमाडौं, ३ जेठ-निबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भने पुष्टि गरेका २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

प्रदेश २ का प्रमुख अहिराजले दुई विधेयक प्रमाणीकरण गरे, दुई फिर्ता पठाइए

प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक...

प्रदेश १ बाट एकै दिन ७० जनाले जिते कोरोना

विराटनगर , असार ११–प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०,...

इटहरी उपमहानगरका लेखा अधिकृत घूससहित पक्राउ पक्राउ

सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज  पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...

लिखित बयान दिएपछि रामकुमारी रिहा

काठमाडौं, माघ २९-दिनभरीको ‘हाइ ड्रामा’ पछाडी लिखित बयान दिएलगत्तै प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । पाँच घण्टाभन्दा केही बढि महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी झाँक्रीले लिखित बयान दिएपछि रिहा भएकी हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्