सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

 न्यूज विराट
सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका १ गरी ९ जनाको स्वाब टेष्टकालागि पठाइएको हो । उनीहरूको स्वाब संकलन गरी पुनः क्वारेन्टाइनमा पठाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए  ।

उनीहरूको स्वाव परीक्षण वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाको नेतृत्वमा नमूना संकलन गरिएको छ । अहिले ९ जनाकै अवस्था सामान्य रहे पनि स्वाब रिपोर्ट आएपछि मात्रै थप कुरा स्पष्ट हुने तथा स्वाब रिपोर्ट आउन २–३ दिन लाग्नसक्ने मेसु डा. दासले जानकारी दिए । भारतबाट आएका ८ जनालाई राजविराज नगरपालिका वडा नम्वर ४ स्थित तथा अन्य १ जनालाई साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले...

विद्युतिय व्यवसायी महासंघको महासचिबमा गोपाल अग्रवाल

विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...

कोभिड-१९ ‘गाइड लाइन’ उल्लंघन मेयर लालकिशोरबाटै

जनकपुरधाम, ५ वैशाख-राहत बाँडनका लागि नेपाल सरकारले बनाएको गाइड लाइनको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दुरुपयोग गरेको भेटिएको छ । जनकपुरधाम-८ मा गरिबहरूका लागि आज निःशुल्क भोजनको कार्यक्रम थियो । प्याब्सन धनुषाको सहयोगमा भएको नि:शुल्क...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने गृह मन्त्रालयले निर्णय

काठमाडौं, ८ जेठ-सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौं उपत्यका...

‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्