तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

 न्यूज विराट
तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो ।
जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।
सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए ।
विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए ।
पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए । अहिले दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच भइरहेको छ ।

सम्बन्धित समाचार

जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

बुटवलमा आइसोलेसनमा रहेका १ बिरामीको मृत्यु

बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय एक बिरामीको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको...

प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरको...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

लकडाउनकाे अवधिभर बिजुलीको महसुल नतिर्दा जरिमाना नलाग्ने

काठमाडौं, ६ वैशाख-सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महसुल तिर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महसुल तिर्न नक्नेलाई जरिवाना नगर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्