स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

 न्यूज विराट
स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न आर्थिक मामिला मन्त्रालयलाई अनुमति दिने निर्णय गरिएको बताए ।

यस्तै कोरोना नियन्त्रणका लागि एकीकृत कार्यायोजना पारित गर्ने, ओखलढुंगाको शिद्धिचरण नगरपालिकाका लागि आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई प्रस्ताव पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले कानुन मस्यौदा समितिको म्याद असारसम्म थप गर्ने, विराटनगर महानगरपलिकाको जग्गा तथा भौतिक संरचनाको अध्ययन गर्न कार्यदल गठन गर्ने, औद्योगिक ग्राम बनाउनका लागि सुनसरीको अमडुवाको जग्गा हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरिएको कार्कीले जानकारी दिए ।

यस्तै बैठकले धनकुटाको औद्योगिक ग्राम सञ्चालनका लागि अनुमति दिने, प्रदेश सहकारी नियमावली स्वीकृत गर्ने, रेडियो एफएक सञ्चालन नियमावली पारित गर्ने, प्रदेश दानापदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गर्ने, अपाङ्गता रोकथाम विधेयकको मस्यौदा स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

सम्बन्धित समाचार

ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् । संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा...

लगानी बोर्डबाट १ खर्ब ८५ अर्ब बढीका ७ परियोजना स्वीकृत

काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...

रंगेलीमा २८ संक्रमित थपिए

विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतबार...

कामु गभर्नर शिवाकोटीले थाले काम

काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...

मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं, ५ मंसिर-औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्