जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

 न्यूज विराट
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी दर्तापछि नेताले बधाई तथा शुभकामना आदानप्रदान गरेका छन् ।

नयाँ बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष रहने व्यवस्था गरिएको छ । १ जना संघीय परिषद् अध्यक्ष र २ जना केन्द्रीय परिषद् अध्यक्ष रहने बताइएको छ ।

राजपाका एक नेताका एक नेताका अनुसार संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई तथा केन्द्रीय परिषद् अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको हो । गएको १० वैशाखमा समाजवादी र राजपा एकीकरण गर्ने सहमति भएको थियो ।

सम्बन्धित समाचार

आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...

कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक : बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड पुर्‍याइयो

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि...

विराटनगरमा कांग्रेसको चुनावीसभाः डा. शेखर कोइरालाले भने—कम्युनिष्टको सरकार बन्दा देशले जहिल्यै दुःख पायो

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुख पाएको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...

ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २६ साउन । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

कोरोना संक्रमित ७ वर्षीय बालकका आफन्तको स्वाब परीक्षण हुँदै

हेटौंडा, ४ जेठ-मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौंडा ल्याइएको छ । थाहा नगरपालिकाल संक्रमित बालकको घर र मामाघरका गरी ११ जनाको स्वाब संकलन गरी पीसीआर...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्