जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

 न्यूज विराट
जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ ।

बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २० जना विद्यार्थीलाई १० वटाको दरले कुखुराको चल्ला प्रदान गरेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यवहारिक रुपमा उद्यमशीलताको अवधारण विकास गराउन इन्क्युबेसन सेन्टर स्थापना गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए ।

इन्क्युबेसन सेन्टर मार्फत चल्ला पाएका बालबालिकाले संरक्षण गरेर बढाउँदै लैजानेछन्, यसले बालबालिकालाई सानैदेखि उद्यमशील बन्न सिकाउँछ,’ उनले भने,‘ बालबालिकाले कुखुराको रेखदेग गरेकि गरेनन् भनेर स्कुलका शिक्षक र लघुवित्तका कर्मचारीले अनुगमन गर्छन् ।’

विद्यालय उमेरमा नै स्वरोजगार बालबालिकाले अध्ययनपछि अरुलाईपनि उद्यमशीलता सिकाउने उनको भनाई छ । ‘यो बालबालिकाले पेवाको रुपमा पालेको जस्तै हो, अहिले नै आम्दानी गर्न सिकेभने पछि सहज रुपमा उद्यमशील बन्छन्,’ उनले भने,‘ यो कार्यक्रमलाई विस्तार गरिररहेका छौं ु

पढ्दै कमाउन सिकाउने योजनासहित अभियान सञ्चालन गरिरहेको लघुवित्तको तालिम विभाग प्रमूख रन्जना निरौलाले बताइन् । बालबालिकाले हुर्काएको कुखुराबाट भएको आम्दानीले कुखुरा थपेर पाल्नु पर्ने उनले बताइन् । जीवन विकास लघुवित्तको उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले लघुवित्तले धनपालथान गाउँपालिकामा सुरु गरेको वातावरण मैत्री गाउँ निर्माण अभियान अन्तरगत बालबालिकालाई उद्यमशील बनाउन कुखुराको चल्ला उपलब्ध गराइएको बताए ।

लघुवित्तका कर्सिया साखा प्रमुख गायत्री पोखरेलले थ्रि जिरो क्लबमा आवद्ध विपन्न समुदायका बालबालिकालाई दिएका खुकुरा संरक्षणका लागि परिवारका सदस्यलाई जिम्मेवार बनाइएको बताए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले बालबालिकालाई उद्यमशील बनाउने अभियानलाई स्कुलले पनि सहयोग गर्ने बताए ।

जीवन विकास लघुवित्तले धनपालथान गाउँपालिकामा रहेको जीवन विकास पब्लिक स्कुल, ग्रामथान गाउँपालिकामा रहेको सरस्वती स्कुल र देवानगञ्ज गाउँपालिकामा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीका लागि इन्कुबेसन सेन्टर अभियान अन्तरगत सहयोग गरेको थियो ।

सम्बन्धित समाचार

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परीक्षण

विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

मोरङ व्यापार संघद्धारा जनचेतना मूलक कार्यक्रम

विराटनगर । नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा मंगलबार उक्त कार्यक्रम भएको हो । कार्यक्रमको...

नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५...

पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्