लकडाउनकाे अवधिभर बिजुलीको महसुल नतिर्दा जरिमाना नलाग्ने

 न्यूज विराट
लकडाउनकाे अवधिभर बिजुलीको महसुल नतिर्दा जरिमाना नलाग्ने

काठमाडौं, ६ वैशाख-सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महसुल तिर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महसुल तिर्न नक्नेलाई जरिवाना नगर्ने बताएका हुन् ।

यसअघि विद्युत् प्राधिकरणले चैतको बिजुली बिल जारी गर्दै महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्ने अन्यथा जरिवाना लाग्ने जनाएको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ गरेर महसुल तिर्न भनेको हो ।

मन्त्री पुनले सामाजिक संजाल ट्वीटरमार्फत जेठ ७ गतेसम्म विद्युत महसुल तिर्दा पनि जरिवाना नलाग्ने निर्णय गरेर निर्देशन भइसकेको बताएका छन् । ‘जेठ ७ गतेसम्म विद्युत महसुल तिर्दा पनि जरिवाना लाग्दैन’, उनले भनेका छन् ‘निर्णय र निर्देशन भइसकेकोछ ।’

यद्यपि उनले अनलाईबाट तिर्न सक्ने ग्राहकले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिमलाई न्यूनीकरणका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् । ‘तथापि, अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोगको लागि सबैमा अनुरोध गर्दछु’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

हिसान खेल ः ग्रिनल्याण्ड क्रिकेटको फाइनलमा, बास्केट बलको उपाधि विकेभिएम तथा भलिबलको उपाधि कान्तिपुर र रेड स्टारलाई

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड...

नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको...

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

रतुवामाईमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर, माघ २८–‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्प प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ । रतुवामाई नगरपालिकाको आयोजनामा वडा नं.६ कादुपाडा स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा...

झी पुचः का सदस्यको उपचार न्यूरोले सौलियतमा गरिदिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच : (नेपाल भाषा तथा सान्स्कृतिक संघ) बीच सौलियतमा उपचार गर्ने सम्झौता भएको छ । हस्पिटल र झी पुच: बीच बुधबार सौलियतमा उपचार गर्ने समझदारी भएको हो ।सम्झौता...

कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको...

परिवर्तनका लागि हातेमालो विराटनगरको निशुल्क खाना अभियान सकियो, ५१ औँ दिनसम्म २५ हजारले खाए खाना

विराटनगर, २१ असार । विभिन्न सामाजिक काममा अग्रसर विराटनगरको सामाजिक संस्था परिवर्तनका लागि हातेमालो अभियानले सञ्चालन गरेको निशुल्क खाना अभियान सकिएको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा कोरोना माहामारीका कारण समस्यामा परेका विरामी र विरामीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्