बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

 न्यूज विराट
बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न दिने भएको छ ।

दैनिक उपभोग्य वस्तु मागलाई मध्यनजर गदै दिनमा ६ घण्टा पसल खोल्न दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न दिने मन्त्री भट्टले जानकारी दिए ।

तर, पसलमा सामान किनबेच गर्दा भिड्भाड गर्न नदिने र सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयको पास बिना आवतजावतमा रोक लगाइएको उनको भनाइ छ । खाद्यान्न, तरकारी, दुध र पानी बोक्ने गाडी लकडाउनको बेलामा पनि गुड्न दिएको र अब निरन्तर दिने मन्त्री भट्टले बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्