राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

 न्यूज विराट
राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल समारोह समिति गठन भैसकेको छ ।
सो कार्यक्रमलाई सफल बनाउन नौ विभिन्न उपसमितिसमेत गठन गरिएको छ । जस अन्तर्गत मञ्च, दीप प्रज्वलन, स्वास्थ्य, खानेपानी, अतिथि सत्कार, झाँकी एवम् र्‍याली, स्वयम्सेवक, आर्थिक र प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।
मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा सीता लामिछाने, दीप प्रज्वलन उपसमितिको संयोजक संगीता दाहाल, उपसंयोजकमा सरिता अधिकारी, स्वास्थ्य उपसमितिको संयोजक र उपसंयोजकमा जीतेन्द्र झा र  सन्तोष मण्डल छन् ।
यस्तै अन्य उपसमितिका संयोजक र उपसंयोजक अन्तर्गत खानेपानीमा उमेश गुरुङ र देवी प्रधान, अतिथि सत्कारमा मीरा दाहाल र बलबहादुर घिमिरे, झाँकी एवम् र्‍यालीमा ई कमलेश्वर ठाकुर र नवीन विश्वास, स्वयम्सेवकमा योगेन्द्र साह र नारायण ढकाल, आर्थिकमा अमृत गुरुङ र प्रभु पोखरेल रहेको प्रचार प्रसार उपसमितिका  उपसंयोजक अविनाश निधीले जानकारी दिए ।
  मुल समारोह समितिमा जिल्ला सहकारी संघ मोरङका पदाधिकारी तथा सञ्चालकहरु, सबै विषयगत सहकारी संघका पदाधिकारी तथा सञ्चालकहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी तथा सञ्चालकहरु, राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरु, अग्रज सहकारीकर्मीहरु छन् ।
त्यसैगरी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन डा पोख्रेलकै संयोजकत्वमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइराला, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष माधव अधिकारी, उपभोक्ता संघका अध्यक्ष माधव अत्री, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धकहरु, सहकारी कर्मचारी संगठनका अध्यक्ष गणेश राई, चक्र खड्कासमेत रहेको २५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको संघका मोरङ सचिव राकेश दाहालले बताए ।
      राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन चैत १६ गते दिउँसो (३ः३० बजे) एकै समयमा मोरङको विराटनगर, रंगेली, उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा, बेलबारी र लेटाङमा र्‍याली निकाल्ने र चैत १९ गते साँझ ६ बजे १७ वटै पालिकाका मुख्य स्थानमा दीपावली गर्ने निणर्य गरेको छ । त्यसैगरी चैत १४ गतेदेखि चैत्र १९ गतेसम्म सबै प्रारम्भिक सहकारी संस्थाहरुले सहकारी सम्वन्धी कार्यक्रम गर्ने  जनाइएको छ ।
नेपालमा हरेक वर्षको चैत २० गते राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइदै आइएको छ । विसं २०१३ साल चैत २० गते पहिलो सहकारी संस्था नेपालमा स्थापना भएको उपलक्ष्यमा देशभर सो दिन राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो ।

सम्बन्धित समाचार

प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।...

कण्डम दिवसमा विराटनगरमा सचेतना कार्यक्रम

विराटनगर । २८ औं राष्ट्रिय कण्डम दिवसमा विराटनगरमा विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज विराटनगरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

दुर्घटना भएको चार वर्ष : उद्योगी नविन रिजालको उद्योगले बेवास्था गरेको पीडित परिवारको आरोप

विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ । २०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो । लाइफगार्ड अस्पतालका चिकित्सकले...

यी हुन् दर्ता खारेजीमा परेका विराटनगरका १५ सहकारी

विराटनगर । विराटनगर महानगरपालिका भित्र कार्यक्षेत्र भएका एक दर्जन बढी सहकारीको दर्ता खारेजी गरेको छ । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको हो । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्