विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

 न्यूज विराट
विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो ।

लाइफगार्ड अस्पतालका चिकित्सकले विरामीसँग दोहोरो रकम लिएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी तीन महिनाको लागि स्थगन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।

चिकित्सकले अप्रेसनको नाममा विरामीसँग दोहोरो रकम लिएको समचार प्रशाति भएपछि स्वास्थ्य बीमा बोर्डले चार सदस्यीय छानविन समिति गठन गरेको थियो । गठित समिति विराटनगरमा आएर छानविन समेर बिहीबार काठमाण्डौ फर्किएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनको आधारमा बीमा कार्यक्रममा कैफियत देखिएपछि तत्काल लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरिएको उनले बताए ।

‘स्वास्थ्य वीमामा आवद्ध नागरिकको उपचार गर्दा बिरामीसँग छुट्टै रकम असुल गरेको लगायतका अन्य विषयहरूमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार, हेलो सरकारबाट गुनासो, व्यक्तिगतरूपमा गुनासो र सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट समेत पत्रका सम्बन्धमा तहाँ अस्पतालमा अनुगमन तथा छानविन गर्न गठित समितिले स्थलगत अध्ययनकै क्रममा इमेल मार्फत पठाएको प्रारम्भिक प्रतिवेदनमा शंकास्पद विवरण पेश गरी भुक्तानी लिएको देखिएकोले स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ (ख) बमोजिमको कसुर हुने कार्य गरेको पाईएको हुनाले मिति २०८१।०२।३२ गते देखि लागु हुने गरी सोही नियमावलीको नियम १९(३) बमोजिम हाललाई तीन महिना स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरिएको छ,’ स्वास्थ्य बीमा बोर्डले काटेको पत्रमा उल्लेखछ ।


शुक्रबारसम्म भर्ना भएका विरामीको हकमा बोर्डबाट निर्णय गरी भुक्तानीमा सहजिकरण गरिने भएको छ ।
लाइफगार्डमा तीन वर्ष अगाडीदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । यस अस्पताललमा दैनिक १ सय जनाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा लिने गरेका छन् । एक सय जनाले स्वास्थ्य बीमा मार्फत उपचार गर्दा २ देखि पाँच जनाको दैनिक शल्यक्रिया हुने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।
यसअघि अस्पतालका अध्यक्ष एकबाल अहमदले प्रेस विज्ञाप्ती जारी गर्दै हस्पिटलले स्वास्थ्य बीमाको नीति, नियमअनुसार नै गुणस्तरीय उपचार सेवा बिरामीलाई प्रदान गर्दै आएको दाबी गरेको छ ।

सम्बन्धित समाचार

जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त...

दिल्लीको दृश्य दोहोरिन सक्ने विराटनगरका चिकित्सकको चिन्ता

विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

चितवन, ३ असार-नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता...

कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्