दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

 न्यूज विराट
दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।
हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् ।

वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताउनुहुन्छ । उहाँका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिनुभयो । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।
वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो । १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।
वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्की बताउनुहुन्छ । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली दाबी गर्नुहुन्छ ।

सम्बन्धित समाचार

ग्रामथानको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान, आजै राती १० बजेबाट गणना गर्ने तयारी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको निर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार १८ हजार ५७७ मत खसेको जानकारी दिए ।ग्रामथानमा २६ हजार ४४ मतदाता...

चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो । चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित...

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...

प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...

भ्यालेनटाईन डे’ मा विराटनगरमा सविन राईको सांगीतिक साझ हुने

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवस विराटनगरमा सविन राईको संगीतमय साँझ हुने भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसमा संगीतमय बनाउने...

आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १७ साउन-शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्