दुर्घटना भएको चार वर्ष : उद्योगी नविन रिजालको उद्योगले बेवास्था गरेको पीडित परिवारको आरोप

 न्यूज विराट
दुर्घटना भएको चार वर्ष : उद्योगी नविन रिजालको उद्योगले बेवास्था गरेको पीडित परिवारको आरोप

विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ ।

२०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको मृत्यु र दुईजना घाईते भएका थिए । प्र १–०४–००१ च ०१६७ कार, को १ क १६८४ नम्बरको ट्रक र प्र.०१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो । त्यस क्रममा कारका सवार दुईजनाको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार घाईते भएका थिए ।

रिजालको ग्यास उद्योगको ट्रक चालक विराटनगर–१५ का प्रेम वाइवा सवारी ज्यान तथा अंगभंग कसूरमा दोषी ठहर भएपछि उनलाई झापा जिल्ला अदालतले नौवर्ष कैद र ६० हजार जरिवानाको फैसला सुनाएको थियो । २०८० मंसिर २८ गतेको फैसला अनुसार वाइवा अहिले कैद भुक्तान गरिरहेका छन् । विभिन्न रोगले ग्रसित वाइवा कारगारमा रहेका कारण यता परिवारको दैनिकी भने कष्टकर भएको गुनासो गरेका छन् ।

बिहीबार विराटनगरमा पीडित बनेको परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर उद्योगमा कार्यरत मजदुर कारागारमा हुँदा उद्योगीले गर्नुपर्ने व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । विराटनगरका उद्योगी नविन रिजालको उद्योगले उत्पादन गरेको ग्यास लिएर झापा जाने क्रममा उनको दुर्घटना भएको थियो । सवारी ज्यान तथा अंगभंगमा चलेको मुद्दामा अदालतले गरिदिएको फैसलाले परिवारको बिचल्ली भएको श्रीमती तारा वाइवाले गुनासो गरिन् ।

दुई छोरीसहित आमाले पत्रकार सम्मेलनको आयोजना गरी उद्योग सञ्चाालकले समेत मासिक दश हजार दिदैं आएको रकम रोकिदिएको गुनासो गरेका छन् । उद्योगको कामदारको रुपमा रहेको एकजना व्यक्ति फस्दा उनको कानुनी प्रतिरक्षा समेत कमजोर भएका कारण अदालतले दोषी ठहर गरिदिएको उनीहरुको गुनासो छ । लामो समयसम्म कारागार बस्नुपर्ने स्थिति देखिएकोले परिवारले सवारी ज्यान कसूरलाई आममाफी गरिदिन माग गर्दै राष्ट्रपति कार्यालयमा समेत बिन्तीपत्र चढाएको बताए । तर, उनको कैद छुट भएन ।

पीडित परिवारका अनुसार दुर्घटनामा घाईतेका परिवारको जाहेरीले कसूर ठहर भएको हो । घाईतेले पाउनु पर्ने क्षतिपूर्ति अझै पाएका छैनन् । घाईतेका परिवारले ६० लाख रुपिँया क्षतिपूर्ति मागेका थिए । उद्योग प्रशासनले २९ लाख क्षतिपूर्ति दिने सहमति गरेपनि अहिलेसम्म नदिएको बताइएको छ । तर, पीडित परिवारले भने उद्योगको मजदुरको रुपमा रहेको घरको अभिभावक कैदी भएर बस्नु पर्ने स्थिति पनि उद्योगकै कारणले आएकोले मासिक पाउँदै आएको तलव उपलब्ध गराउनु पर्ने माग गरेका छन् । वाइवालाई उद्योगले मासिक १८ हजार मात्रै दिएर काम लगाउँदै आएको थियो ।

सम्बन्धित समाचार

चीनमा ४ महिनामा देखिएका संक्रमितको संख्या संसारमा एकै दिनमा बढ्यो

डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म...

नेपाली कांग्रेस महाधिवेशनः मोरङमा वडा अधिवेशन शान्तिपूर्ण

विराटनगर, ६ असोज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि मोरङमा हिँजो वडा अधिवेशनमा आज शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ। जिल्लाका १७ वटा स्थानीय तहका १५९ वटै वडाको अधिवेशनको अधिकाँश स्थानमा सम्पन्न भएको नेकां...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

कारमा राखेर २० किलो चाँदी काठमाडौं लैजाने विराटनगरका दुई युवा पक्राउ

विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...

श्रमिककाे पारिश्रमिक नबढाए आन्दोलनमा उत्रिने, जिफन्टले बुझायो श्रम कार्यालयमा ज्ञापनपत्र

विराटनगर । राज्यले तोके अनुसारको श्रम ऐन अनुसारको पारिश्रमिक दिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलित भएका छन् । जिफन्ट कोशी प्रदेशले श्रम ऐन कार्यन्वयन गरिनुपर्ने र राज्यले तोकेको पारिश्रमिक श्रमिकलाई दिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन भएको...

विराटनगरको फ्रेन्स होटलमा रतुवामाइका ब्यापारीको शव भेटियो, छानविन गर्न परिवारको माग

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्