कण्डम दिवसमा विराटनगरमा सचेतना कार्यक्रम

 न्यूज विराट
कण्डम दिवसमा विराटनगरमा सचेतना कार्यक्रम

विराटनगर । २८ औं राष्ट्रिय कण्डम दिवसमा विराटनगरमा विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज विराटनगरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएको हो ।
परिवर्तनशिल समाज, आम्दा नेपाल, चिरमन्ड फलोसिप, स्पर्श नेपाल, परिवार नियोजन संघ, एआरटि सेन्टर कोशी अस्पताललगायतको संघसंस्थाहरुले कण्डम दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी गराएको परिवर्तनशिल समाजकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार शनिबार साझ विराटनगरको रोडशेष चौकमा कण्डम बितरण गर्नुको साथै दिप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको जानकारी गराइन् ।

कण्डम दिवसको अवसरमा यसको जानकारी दिन कण्डम बितरण गरिएको उनले बताइन् । कण्डम स्टल राखेर यसको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी दिनुका साथै निःशुल्क वितरण गरिएको आम्दा नेपालका अशोक चौधरीले जानकारी गराए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले मंगलबार कोशीको प्रदेशसभामा सम्बोधन गर्ने, विपक्षी दलले बहिष्कार गर्ने तयारी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजेदेखि सुरू हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।...

प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको...

भिमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको माग

भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालको हस्ताक्षरसहित जारी विज्ञप्तिमा सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...

प्रजिअ र एसपी राहत बाढ्न आगलागी पीडितकोमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...

मधेस प्रदेशको खुसीयालीमा आज सार्वजनिक बिदा

जनकपुर, ३ माघ । मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद...

१ बजे योजना आयोग बैठक

काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्