मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

 न्यूज विराट
मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल हेल्प लाइन हेटौँडाका अनुसार २०२० को जनवरी १ देखि मे २७ सम्म ४ महिनाको अवधिमा ११ जना बालक र ३२ जना बालिकाको बालविवाह रोकिएको हो ।

यस अवधिमा भीमफेदी गाउँपालिका ३ जनाको बालबिवाह रोक्न भने असफल भएको सिविन बाल हेल्पलाईन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए । उनले पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गएको भन्दै २०७८ सालसम्म बालविवाहमुक्त प्रदेश घोषणा गर्ने योजनामा चुनौती रहेको बताए ।

जिल्लामा श्रमशोषणको अवस्था भने घट्दो छ । ४ महिनाको अवधिमा एकजना बालक मात्र श्रमशोषणमा परेको सिबिनको तथ्यांकमा उल्लेख छ । त्यसैगरी बेचबिखनमा परेका २ जना बालिकाको उद्धार गरिएको छ । सिबिनको तथ्यांकअनुसार ७ जना बालकलाई परिवारसँग मिलन गराउन सफल भएको र एक जनालाई अनाथ अपाङ्ग पुनस्र्थापन केन्द्रमा पठाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको...

लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

विराटनगर, ७ असार-सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

न्युरो सर्जन समाजको अध्यक्षमा डाक्टर यमबहादुर रोका

विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा...

मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्