इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

 न्यूज विराट
इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।
मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् ।

उनले एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण पदक र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी छिन् । तामाङ पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । विगतमा पनि विभिन्न पदकहरू जितेकी छन् । तामाङले अन्तर्राष्ट्रिय स्तरमा पुगेर जितेको यो स्वर्ण पदक र रजत पदक अहिलेसम्मको ठूलो उपलब्धी भएको नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले बताए । विश्व स्तरमा पुगेर तेक्वान्दो खेलाडी सजिनाले नेपालको नाम विश्वसामु उच्च राख्न सफल भएकी खेलाडीलाई संघीय सरकार र प्रदेश सरकारले सम्मान गरिनुपर्ने अध्यक्ष कार्कीले बताए ।
स्वर्ण पदक जित्दै तामाङ बुधबार घर फर्किएकी छिन् । उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । संघको कोषाध्यक्ष ओम कुमार श्रेष्ठले खेलाडी तामाङलाई सम्मान गरेको हो । नेपालबाट प्रतिनिधित्व गर्दै सजिनासहित चार जना तेक्वान्दोका खेलाडी र एक जना अम्पायरसहित पाँच जनाको टिम मेलेसिया १६ फागुनमा प्रस्थान गरेका थिए ।
चार जना खेलाडीमध्ये विरेन्द्र कुवँरले दुई विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट तामाङ, कुवरसहित खेलाडीहरू देवेन्द्र सुनार, कैलाश अर्याल र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष रहेका विक्रम बाठा मगर अम्पायरको भूमिका निर्भाह गर्दै मलेसिया गएका थिए ।
उक्त प्रतियोगितामा विश्वभरीका ३१ भन्दा बढी राष्ट्रका २ हजार चार सय बढी तेक्वान्दोका खेलाडीहरुको सहभागि रहेको थियो ।

सम्बन्धित समाचार

बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पर्साको...

अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

विराटनगर, २५ असोज । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुल प्रदेश नं. १ मा कार्यालय खोलेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको आज उद्घाटन गरिन् । कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

विराटनगर। कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्