‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

 न्यूज विराट
‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ ।

योजनाहरू सबै प्रभावित भएका छन् । तर, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने जारी छ । ‘लकडाउन’को समयमा सबै क्षेत्र प्रभावित हुँदा विमानस्थलको काम भने जारी रहेको हो ।

विमानस्थलमा काम गर्ने कामदारलाई भित्रै क्याम्प खडा गरी आवश्यक सुरक्षा प्रबन्धका साथ काम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘लकडाउन’ अघि स्टक रहेका सामाग्री प्रयोग गरेरै काम भइरहेको उनले बताए ।

आयोजनाभित्र कसैलाई प्रवेश गर्न दिइएको छैन् । चिनियाँ मजदुर र नेपाली मजदुरलाई छुट्टाछुट्टै क्याम्पस खडा गरेर राखिएको छ । २९ जना चिनियाँ र १ सय ३ जना नेपाली मजदुरले निर्माणको काम गरिरहेको आयोजना प्रमुख अधिकारीले बताए ।

सम्बन्धित समाचार

विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो...

प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्