बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

 न्यूज विराट
बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

पर्साको घण्टाघर नजिकै बेवारिसे अवस्थामा भेटिएका २५ वर्षीय १ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए । ३ दिनअघि बेवारिसे अवस्थामा शव भेटिएपछि पोस्टमार्टमका लागि नारायण अस्पतालमा ल्याइएको र त्यहाँ नै स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको उनले बताए ।

बाराको निजगढ नगरपालिका ६ को योजनाटोल निवासी ५ वर्षीय बालक पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको उनले बताए । ती बालकमा ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि हिजो वीरगंज हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

आरडीटीमा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको तर उपचारकै क्रममा उनको मृत्यु भएको उनले बताए । उनका अनुसार ती बालकको स्वाब संकलन गरी नारायण अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सम्बन्धित समाचार

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला...

बामदेव गौतम भेट्न भैँसेपाटी पुगे ओली

काठमाडौं, १३ साउन-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन् ।उनी केहीबेर अघि गौतम निवास भैँसेपाटी पुगेका हुन् । गौतमसँगको भेटमा ओलीसहित पार्टी महासचिव विष्णु...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...

सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने, क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून

खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...

कोरोना संक्रमणबाट सप्तरीका थप एक जनाको मृत्यु

विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्