तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

 न्यूज विराट
तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

विराटनगर। कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ।
विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई ५–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। जितको लागि मिल्सका तर्फबाट रुपक श्रेष्ठले दुई गोल, अजय लिम्बु, अशोक कुमार केसी र कृष्ण शाक्यले समान १–१ गोल गरे।
सोही दिन भएको दोस्रो खेलमा विराट भेट्रान्सले सुनसरीको भरौल भेट्रान्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
बुधबारको पहिलो सेमिफाइनल खेल पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबबीच हुनेछ।

सम्बन्धित समाचार

लर्डबुद्ध कलेजमा ‘फेरी भेटौला कार्यक्रम’ मा विद्यार्थीहरुको स्वागत र विदाई

विराटनगर । विराटनगरमा अवस्थित लर्डबुद्ध कलेजले शनिबार ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको...

इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापना

विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको...

शिक्षादिप कलेज व्यवस्थापन संकायले गर्यो उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेज व्यवस्थापन संकायले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । मंगलबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका पहिलोे त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत...

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

इलाममा आइटिएफ गठन, अध्यक्षमा किसान सुब्बा

विराटनगर । इलाममा आइ.टिएफ तेक्वान्डो एसोसिएसन संघ गठन भएको छ । समितिको अध्यक्षमा किसान सुब्बा खजुम रहेका छन् । समितिको उपाध्यक्षमा बबिता लिम्बु, सचिबमा मन प्रसाद लोङदम, कोषाध्यक्षमा तुलसी देवी खजुम र सदस्यहरूमा कमला लिम्बु,...

सांसद अपहरणको जाहेरी लिन प्रहरीले मानेनः डा. बाबुराम भट्टराई

काठमाडौं, १४ वैशाख-जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दर्ता गर्न खोजिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ ।सो पार्टीका नेता बाबुराम भट्टराईका अनुसार नेकपाका सांसद र पूर्व आईजीपीविरुद्ध यादवको अपहरण...

‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २४ कात्तिक-संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको...

प्रदेश १ मा फेरी बढे संक्रमित, आज १०३७ जना थपिए

विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्