परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

 न्यूज विराट
परीक्षा मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाको जोड

विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा बुधबार आयोजित मर्यादित परीक्षा सबैको सरोकार विषय कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अस्वस्थ प्रतिस्पर्धा नगरी मर्यादित र व्यवस्थित परीक्षा गराउन सबैको साथ सहयोग र भूमिका हुनुपर्ने बताए । यसैगरी जिल्ला शिक्षा समन्य मोरङका इकाई प्रमुख टंक गौतम, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका गोपाल प्रसाद दाहालले एसइइ परीक्षा धेरै हाउगुजी नबनाइ सामान्य र मर्यादित परीक्षा बनाएर अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै सगरमाथा स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले परीक्षाा केन्द्रमा प्रहरी राख्दा विद्यार्थी त्रसित हुने गरेको बताए । ‘परीक्षा केन्द्रमा विद्यँर्थीले प्रहरी दैख्छन । त्यसपछि विद्यार्थीको मनोबल घट्छ,’ उनले भने, ‘परीक्षा केन्द्रबाट प्रहरी हटाएर स्वच्छ र मर्यादित परीक्षा गरेर अगाडी बढौं ।’ कार्यक्रममा आर्दश स्कुलका प्रधानध्यापक सन्तोष पोखरेल, सत्यनारयण स्कुलका प्रधानध्यापक पुरुषेतम गुरागाई, एजुकेसन हेल्पलाईनका अध्यक्ष राजेन्द्र ढकाललगायले बोलेका थिए ।

सम्बन्धित समाचार

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

एजेन्सी, जेठ ३-भारतको उत्तर प्रदेशमा २ ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरू केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला,...

रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल

विराटनगर, ६ जेठ-मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कोरोना भाइरस रोकथाम प्रतिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि आगामी जेठ...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

१० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोड्न आदेश, कुन कर्मचारीलाई कति तोकियो धरौटी ?

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्