एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ शनिबारदेखि सुरु हुने

 न्यूज विराट
एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ ।

स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि ७ गतेसम्म एभरेष्ट कार्निभल हुने जानकारी गराएको छ । विद्यालयका प्राचार्य टिकाराम पुरीले यो कार्निभलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने बताए । उनले यो भव्य कार्यक्रमबाट अन्य विद्यालयले पनि केही सिक्ने मौका पाउने जानकारी दिए ।
विद्यार्थीहरुले वर्षभरीमा सिकेका विषयबस्तुहरु एभरेष्ट कार्निभलमा अभिभावक र सहभागिहरुलाई देखाउने उनले बताए । पहिलो दिन कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुले वर्षभिरमा सिकेका विषयबस्तुहरू विभिन्न परियोजनाहरुको प्रस्तुती आफ्ना अभिभावकहरुका माझमा राख्ने उनले बताए । दोस्रो दिन कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रविधियुक्त परियोजनाका कार्यहरु वृहत विज्ञान प्रदर्शनीमा राखिने बताइएको छ ।
समापनको दिन एभरेष्ट सिंङ्गिङ आइडल २०८० को फाइनल प्रतियोगिता पनि हुने भएको छ । उक्त प्रतियोगिताको फाइनलमा १५ जना उत्कृष्ट प्रतियोगिहरु पुगेका छन् । एभरेष्ट कार्निभलमा विद्यार्थीहरुको विभिन्न परियोजनाको प्रदर्शनी, आर्ट ग्यालरी, पुस्तक प्रर्दशनी, खानाका स्टल राखिने स्कुलले जनाएको छ ।
‘हाम्रो शिक्षण पद्धत्ती, विद्यार्थीहरुको सिकाई उपलब्धी, विभिन्न विद्यामा उनीहरुको विलक्षण प्रतिभा जस्ता कुराहरुलाई एकसाथ हाम्रो समाजका अगाडी पस्कनका निम्ति हामीले गत वर्षदेखि एभरेष्ट कार्निभल सुरु गरेका छौं, प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरूले वर्षभरि सिकेका विषयवस्तुहरुलाई विभिन्न परियोजना कार्यको प्रदर्शनीसहित विभिन्न गतिविधिहरुको प्रस्तुती रहने एभरेष्ट कार्निभल गरिएको हो ।’
कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले स्कुलले गुणस्तरीय शिक्षासंगै सीप र सस्कार सहितको प्रविधियुक्त शिक्षा दिएर अगाडी बढेको बताए । ‘स्कुलले पढाइ संगै सिपलाइ पनि महत्व दिएको छ । हामीले सिपलाइ बिशेश जोड दिएको छ । नैतिक चरित्र र संस्कार पनि दिने गरेको छ । ट्यालेन्ट मात्रै भएर हामीले नैतिक शिक्षा पनि दिने गरेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘प्रत्येक शुक्रबार नैतिक शिक्षा विद्यार्थीलाई दिने गरिएको छ । यसको लागि करिकुलम पनि बनाएका छ ।’
एभरेष्ट स्कुलमा कक्षा १२ सम्म २ हजार पाँच सय विद्यार्थी अध्ययरत रहेका छन् ।
कोशी प्रदेशमात्रै नभएर देशभरीका उत्कृष्ट शिक्षालयको रुपमा चिनिएको एभरेष्टले लागतार पाँच वर्ष उत्कृष्ट विद्यालयको रुपमा उपाधि पनि हासिल गरिसकेको छ । यो विद्यालय ३० वर्ष पुरा गरि ३१ वर्षमा प्रवेश गरेको छ । विद्यालयले विगत केही वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको हो ।

सम्बन्धित समाचार

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज...

भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित

विराटनगर, १८ फागुन । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रम बीच नेकपा प्रचण्ड माधव...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा राकेश सुराना निर्विरोध

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको ५० औं साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । २६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा...

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

हिसान खेल सप्ताह शूरु

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसः स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्