
काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता पेचिलो बन्दै गएको अवस्थामा ट्टीट गर्दै एमसिसी सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो । एमसिसीबारे जनतामा रहेको भ्रमलाई सबैले एकमुख भएर बुझाउनुपर्ने पनि उहाँले बताउनुभएको छ ।