विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप
आइतबार, ०७ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ ।
माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।
सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । शनिवार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो । झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको दाजु मुकेस कुमार रायले बताए । ‘हामीले सम्झाइ बुझाइ गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् । आइतबार बिहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर बखर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ दाजु मुकेले भने, ‘झुन्डिएको भनिएको भतिजीलाई डोरी खोलेर श्रीमानले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन ? ।’ झुन्डिएको ठाउँमा खाट रहेको छ । ‘खाट रहेको ठाउँदेखि माथि बास रहेको छ,’ उनले भने, ‘झुन्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ ,’ उनले भने, ‘पोस्टमार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’
काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई...
विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...
विराटनगर । चौथो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता चार वटा स्कुल विजय भएका छन् । विराटनगरमा बुधबार खेलमा अपर्ण, डिपिएस, स्मृति र शारदा स्कुल विजयी भएको हो ।प्रतियोगिताको पहिलो खेलमा...
विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...