राशिफल

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा राकेश सुराना निर्विरोध

 न्यूज विराट
उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा राकेश सुराना निर्विरोध

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको ५० औं साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

२६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तिय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, उर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपीन कावरा पनि निर्विरोध चुनिएका छन । त्यसैगरी कोषाध्यक्षमा सुवोध कोइरालासहित आठजना सदस्य पनि निर्विरोध छानिएका छन् ।

त्यसैगरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । कार्यसमितिमा थप तीन जना सदस्य अध्यक्षले मनोनित गर्ने संगठनको विधान छ ।

संगठनमा वरिष्ट उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भएपनि निवर्तमान वरिष्ट उपाध्यक्ष प्रदिप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका हुन् ।

२०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो संगठनमा सुनसरी मोरङ औधोगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आवद्ध छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...