भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित - News Birat

भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित

न्यूज विराट

विराटनगर, १८ फागुन । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रम बीच नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रुद्राक्षको माला, दोसल्ला तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरे ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतमोहन अधिकारी दोश्रो स्मृति समारोहलाई सम्बोधन गदै अध्यक्ष नेपालले मुलुकमा देखिएको राजनैतिक गतिरोध अन्त्यका लागि प्रधानमंत्री केपी ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि राजनैतिक गतिरोध चुलिएकाले राजीनामा गर्दा राम्रो हुने बताए । नेता नेपालले २०५१ सालमा गठन भएको मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता ५ हजार रुपैयाँ प्रति महिना पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles