काेशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

 न्यूज विराट
काेशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

मन्त्रालयले हाम्राे अस्पताल, विराट शिक्षण अस्पताल, नाेबेल शिक्षण अस्पताल,काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झाैता गरी निःशल्क उपचार सुरू गरेकाे छ । दुई पक्षीय सम्झाैता पत्रमा मुख्यमन्त्री कार्कीकाे विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा, काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान काेइराला, नाेबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाललगायतले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खाेज्न जाने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे बताएका छन् । ´बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खाेज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताकाे घर धाउने र उपचार खर्च तिर्न नसकेर मसान घाट लग्न फेरी नेताकाे घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्राे किन्ने पैसा माग्नु पर्ने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे छ,` उनले भने, ´अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छाेराछाेरी सम्झेर उपचार गरेर  कुनैपनि बालबालिकाकाे उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।`

मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतकाे नै भएकाले यसमा बच्चाकाे उपचारकाे लागि जुनसुकै उपकरण बिग्रिएकाे अवस्थामा प्रदेश सरकारले सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् । काेशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाकाे मृत्यु हुने गरेकाे बाल मृत्यु दर काेशी प्रदेशमा रहेकाे मन्त्रालयले जनाएकाे छ । 

सम्बन्धित समाचार

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...

माइती नेपालद्वारा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर,२८ जेठ । अग्रपङतीमा रही सर्वसाधारण नागरिकहरुलाई कोरोना सङक्रमणको जोखिम न्यूनिकरण सचेतना अभियानमा सक्रिय भूमिका खेल्ने सञ्चारकर्मीहरुलाई आज यहाँ स्वास्थ्य सामग्री प्रदान गरिएको छ। माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङका पत्रकारहरुलाई कोरोना जोखिमबाट सुरक्षा...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना...

प्रदेश १ मा आज ११ संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा...

सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...

धनुषाको जटही र खजुरी नाका बन्द

धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...

नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्