विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड - News Birat

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

न्यूज विराट

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा कवि सुमन पोखरेलले नेपाली साहित्यलाई अझैसम्म अन्तर्राष्ट्रियस्तरमा पु¥याउन नसकिएको बताए । उनले नेपाली साहित्यमा राम्रा कृति भए पनि त्यसलाई विश्व साहित्यमा पु¥याउन नसकिएको उल्लेख गर्नुभयो ।

साहित्यकार प्रमोद प्रधानले महाकवि लक्ष्मीप्रसाद देवकोटाले विश्वका विभिन्न साहित्यिक मञ्चमा पुगेर नेपाली साहित्यको अन्तर्राष्ट्रिकरण गर्नुभएको बताए ।

उनले राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिंदा नेपाली साहित्य साँघुरो घेरामा बाँधिएर बस्नुपरेको उल्लेख गरे । एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, साहित्यकार राममणि पोखरेल, अग्रज पत्रकार यज्ञ शर्मा, कवि सविता गौतम दाहाल, आयोजक संस्थाका अध्यक्ष मणि अज्र्याललगायतले राज्यले मानक कृतिलाई अनुवाद गरेर विश्व साहित्यमा पु¥याउनुपर्नेमा जोड दिए । उनीहरुले लेखकबाटै अन्तर्राष्ट्रियकरण हुन नसक्ने भन्दै राज्यले नै सक्रियता देखाउनुपर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles