उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

 न्यूज विराट
उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता जनाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कनट्याक्ट लगायतको सहभागितामा सम्मेलन आयोजना गरिएको थियो । लगानी सम्मेलनमा चिया, माछा, अलैँची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिबद्धता प्राप्त भएको हो ।

सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाए । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराइएका थिए ।

इलामको रक्तकाली टी इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्य दृष्टि वेनेरेसन एन्ड एग्रो कन्सर्ट प्रालि विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिननाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाती अर्ग्यानिक प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए । आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत १० जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये बिहीबार आयोजित कार्यक्रममा आठ जना उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नविनतम् खोजलाई प्रवर्द्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सिपको विकास बिना मुलुकको विकास नहुने बताए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा।सरोज कोइरालाले उद्योग र उद्यमशीलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताए । कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरुले इमानदारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले दिए । आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने, रोजगारी वृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहसित उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बताए ।

यसै गरी,सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरुलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन् । आद्यन्त फण्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरूलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप वृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रमका अवसरमा आध्यन्त फण्डले विगत ८ महिना यता कोशी प्रदेशमा उद्यमशीलताको विकासको क्षेत्रमा गर्दै आइरहेको सहयोग बारे तयार पारिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी सङ्घसंस्था र उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार

रेल पखाल्न मात्र बर्सेनि पाँच करोड रुपैयाँ खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने...

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

तीन दिनमा भारत लैजाँदै गरिएको १६ जना महिलाको उद्धार, आफन्तलाई जिम्मा लगाउँदै साना हात नेपाल

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत हुँदै विदेश पठाउन लागिएका १६ जना नेपाली महिलालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।साना हात नेपाल नामक संस्थाले तीन दिनको अवधिमा विराटनगरको सीमा क्षेत्र र जोगबनी नाकाबाट ती...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...

विराटनगरका महिला क्रिकेट खेलाडीलाई सहयोग गर्ने, प्रशिक्षण र प्रतियोगिता हुने

विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार...

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

कुरुवाको एक लाख लुटपाट गर्नेलाई समात्न हिडेको प्रहरीले ठगी गर्ने गिरोह समातेपछ….

विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा पाचखपन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्