सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

 न्यूज विराट
सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् ।

उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्विटरले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

ट्रम्पले आफ्नो ट्विटमा राखेको तथ्य–जाँचको चिन्हलाई सीएनएन र द वासिङ्गटन पोस्टसँग तुलना गरेका छन् । ट्विटरले आफ्नो ट्विटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ ।’

बुधबार अर्को ट्विट गरेका छन् । जसमा लेखिएको छ, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’

सम्बन्धित समाचार

श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

विराटनगर, जेठ ५–विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

विपन्नलाई राहत वितरण

विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’...

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या ३ सय नाघ्यो

काठमाडौं, साउन ३१।  हैटीमा गएको शक्तिशाली भूकम्पमा ३ सयजनाभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको आधिकारिक पुष्टी भइसकेको छ भने सरकारले संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ । ७...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

एजेन्सी, २९ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।  उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी...

कित्ताकाट सम्पूर्ण रूपमा खुला गरिएको होइन : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट...

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडाैं, १४ वैशाख-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्