धनुषाको जटही र खजुरी नाका बन्द - News Birat

धनुषाको जटही र खजुरी नाका बन्द

न्यूज विराट

धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला प्रशासन कार्यालयले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल-भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए ।

भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रजिअ पोखरेलले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles