प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

 न्यूज विराट
प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् ।

उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन बाँझो भएको भन्दै स्थानीयले कारवाहीको माग राख्दै उजुरी दिएका हुन् ।

केमिकलयुक्त दुषित पानी खेतीयोग्य जमिनमा पसेर बाँझो हुनुको साथै दुर्गन्धले बस्न नसक्ने अवस्था सृजना भएको भन्दै स्थानीयले कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बुढीगंगा गाउँपालिकामा कार्तिक १२ गते उजुरी दिएका हुन् । उद्योगलाई पटक–पटक लिखित र मौखिक रुपमा केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनतिर नफाल्न आग्रह गर्दा पनि कुनै सुनवाइ नगरेपछि कारवाहीको लागि उजुरी दर्ता गराएको स्थानीय विमला शर्माले बताइन् ।

शर्माको बुढिगंगा ३ मा तीन बिघा जमिन रहेको छ । उनले जग्गामा सिजन अनुसारको बाली लगाउने गरेकी थिइन् । वर्षमा उनले तीन बाली भित्र्याउने गरेकी थिइन् । उद्योगको कारण केही वर्षयतादेखि उनको खेतीयोग्य जमिन बाजो छ ।

‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतीयोग्य जमिनामा पसेपछि बाली नष्ट हुने गरेको छ’ उनले भनिन्, ‘हामीले पटक–पटक भनिसक्यौं । छलफल पनि भयो । तर, उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन ।’ जुनसुकै बाली लगाएपनि उद्योगबाट निस्किएको केमिकल भएको पानी खेतीमा पसेपछि बाली सुकेर मर्ने गरेको उनको भनाइ छ ।

यस विषयमा बुढीगंगा गाउँपालिका र उद्योग संगठनमा पटक– पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतबारी तिर फाल्न छोडेको छैन । ‘हामीले उद्योगबाट निस्किने केमिकल भएको फोहर पानी व्यवस्थित गर्न पटक–पटक छलफलमा भनेका छौं । अहिलेसम्म कुनै सुनवाइ भएन,’ उनले भनिन्, ‘त्यही भएर धानबालि पनि लगाउन छोडियो ।’ उत्पादन नहुने भएपछि खेती लगाउनुको अर्थ नभएको उनको भनाइ छ ।

खेतमा लगाएको धान उद्योगबाट निस्किएको केमिकल मिसिएको पानीले मारिदिएको स्थानीयको भनाइ छ । जसको कारण बाली लगाउदा लागत मात्र खेर जाने गरेको उनीहरु बताउँछन् । उद्योगकै कारण आसपासको धेरै जमिन बाँझै रहेको स्थानीयले बताए ।

उद्योग विराटनगर–इटहरी सडक खण्डमा जोडिएको बुढीगंगा ३ गोकुवा चोकमा रहेको छ । उद्योगबाट निस्कने केमिकल भएको पानी मात्र नभएर कालो धुलोले स्थानीयवासी र यात्रीलाई सास्ती हुने गरेको स्थानीय बताउँछन् । उद्योगबाट बुढीगंगा ३ का स्थानीय बासिन्दा बढी समस्यामा परेका छन् । धुवाँको कारण राजमार्ग भएर आवातजावत गर्ने सर्वसाधारण पनि हैरान छन् ।

धुवाँ र उद्योगबाट निस्किने केमिकल मिसिएको दुर्घन्दित पानीले बस्न नसक्ने अवस्था बनाएको छ । उद्योग सञ्चालकले भने स्थानीयको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उद्योगले केमिकल मिसिएको पानी र धुवाँ र धुलो व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । धुवाँले वरिपरिका स्थानीयलाई खान, बस्नै समस्या भएको छ ।

उद्योगबाट निस्कने धुवाँले आँखामा समस्या हुने गरेको छ । उद्योगको धुुवा र प्रदूषित पानीले जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको स्थानीको भनाई छ ।

उद्योग सञ्चालक लुनियाले भने उद्योगबाट प्रदूषित पानी खेतमा नगएको दाबी गर्दै आएका छन् । ‘उद्योगबाट निस्किएको पानी नालीमा जान्छ’ उनले भने, ‘खेतीयोग्य जमिनतिर पानी नजाओस् भनेर माटो पनि हालेका छौं ।’

सम्बन्धित समाचार

आज देशभर ७ सय ६८ जनाले जिते कोरोना

काठमाडौं, १६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त ७ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विधिन्न संस्थागत...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

मिल्स क्रिकेट प्रतियोगिता : घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै...

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो

काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...

संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...

प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्