प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

 न्यूज विराट
प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पतालको अनुगमन

विराटनगर, चैत २४–प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे ।

एउटाले कमजोरी गरेमा अर्कोले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठुलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बर्ताए । प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको सोमबार अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिले सम्म गरेको कामको प्रशंसा गरे । उनले भने ,‘ अहिले सम्मको काम राम्रो छ, उच्च मनोवलका साथ काम गर्न आग्रह गर्छु ।’

कोरोना भाईरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराए ।

मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताए । उनले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको जानकारी गराए । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराए ।

उनले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भईरहेको बताए । प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्य मन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गरेका थिए ।

कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ । यसैविच सामाजिक विकास मन्त्री जीवन घिमिरेले सोमबार मेची अस्पतालको अनुगमन गरेका छन् । संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।

सम्बन्धित समाचार

मेरिल्याण्ड कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्यनरत २० औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कलेजले विदाई गरेका हो । कलेजमा व्यवस्थापक संकायमा अध्ययनरत...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ–सुनसरीको धरनस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश २ को सिराहा नगरपालिका–२ का ५५ वर्षिय पुरुषको बिहिबार साँझ पौने ७ बजे उपचारका क्रममा मृत्यु...

धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न...

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्