राशिफल

आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो

 न्यूज विराट
आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो

काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट बाहिरिने तथा देशभित्र भित्रिने रकमको अन्तरलाई शोधनान्तर भनिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ अर्ब ६५ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर ७ महिनाको अवधिमा भने २१ अर्ब ६१ करोड रुपैयाँ बचतमा झरेको छ ।

विदेशबाट आउने वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत घट्दै गएको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिना गत वर्षको तुलनामा आयातीत सामान ११ प्रतिशतले घटेकामा ७ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले मात्र कम रहेको छ । ७ महिनाको अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको सामान आयात भएको छ भने ६४ अर्ब ९७ करोड रुपैयाँको निर्यात बढेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...