अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

 न्यूज विराट
अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।

यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।

यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बन्यो। विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दूर्भाग्य बन्यो।

अस्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो।

अस्ट्रेलियाले एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतसँग अपराजित नजिता कामय राखेको छ। यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो।

आइतबार भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान ट्राभिस हेडले शतक प्रहार गरे। सात ओभरमा तीन विकेट गएपछि उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो। लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए।

तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए। हेडले १३७ रनको योगदान गरे। उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे। उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे। लबुसेनले नटआउट ५८ रन जोडे।

सम्बन्धित समाचार

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

जनकपुर, ४ साउन-प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप ४ महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका...

आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

एजेन्सी, २३ मंसिर-जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्