मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

 न्यूज विराट
मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न गरेको हो । झोराहाट नाट्यघरमा आयोजित कार्यक्रममा मोबाइल प्रयोगले विद्यार्थीमा पारेको असरका विषयमा ‘आधा सत्य’ नाटक मञ्चन गरिएको थियो ।
सोही अवसरमा आयोजित कविता प्रतियोगितामा अभिनव दाहाल, जिज्ञासा काफ्ले, रोजन पाण्डे र सम्भवी कोइराला उत्कृष्ट घोषित भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र गोविन्द निरौलाको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो । २ देखि ५ र ६ देखि ९ कक्षा गरी दुई समूहमा विभाजित गरेर नेपाली र अंग्रेजी भाषामा २४ जना विद्यार्थीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । विभिन्न दुई चरण पार गरेर अन्तिम फाइनलका लागि २४ जना विद्यार्थी छनौट भएका थिए । २४ जनाबाट उत्कृष्ट चारजना छनौट गरिएको हो ।
त्यसैगरी हिज्जे प्रतियोगितातर्फ प्रियान्सु यादव, रिदिशा थापा, सेसिका काफ्ले र प्रकृति अधिकारी पुरस्कृत भएका छन् । साहित्यकारसमेत रहनुभएका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितातर्फ विजयी हुने रिदम घिमिरे, आवास खड्का, विज्ञान पौडेल र सजक अधिकारीलाई पुरस्कृत गरिएको थियो । सबै पुरस्कृतहरुलाई प्रमुख अतिथि नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द निरौला, प्रिन्सिपल इन्द्र राईलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजकहरु उमा कार्की, आस्मा उपाध्यक्ष, रक्षा गौतम, गीता अग्रवाल, पुरुषोत्तम आचार्यलगायतलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताउनुभयो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्