एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : पोखरीया, डिपिएस, प्रजातन्त्र स्काइ र मनासुल स्कुल विजयी
बिहिबार, ०४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सुनसरीको स्काइ बोर्डिङ स्कुल र दुहबीको माउण्ट मनासुल स्कुल विजयी भएका हुन् ।
पहिलो खेलमा पोखरीया स्कुलले सुनसरीको खनार मोडल एकेडमीलाई ४–० गोलले पराजित ग¥यो । जितको लागि पोखरीयाको तर्फबाट निशान्त राय, अभिषेक कामत, लवन रिजाल र युनिस चौधरीले समान १–१ गोल गरे । खेलको म्यानअफ द म्याच पोखरीयाका निशान्त राय घोषित भए ।
दोस्रो खेलमा प्रजातन्त्र माविले लालिगुँरास एकेडमी स्कुललाई ४–० गोलले निराश बनायो । प्रजातन्त्र माविको तर्फ धिरज उराव, ओम राजबंसी, रोसन सरदार ‘ए’ र रोसन सरदार ‘बी’ ले समान १–१ गोल गरे । म्यान अफ द म्याच रोशन सरदार घोषित भए ।
तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले विराटनगरको देवकोटा पब्लिक स्कुललाई ६–० गोलले हरायो । डिपिएसका अभिषेक साहले ह्याट्रिक पुरा गर्दै ४ गोल गरे भने जिनिल बिष्ट र निरजान खड्काले समान १ – १ गोल गरे । म्यान अफ द म्याच अभिषेक साह भए ।
चौथो खेलमा स्काइ स्कुलले विराटनगरको अपर्ण स्कुललाई ३–१ गोलले पराजित ग¥यो । जितको लागि स्काइ स्कुलको तर्फबाट दिपेन कार्कीले २ र बिबेक राईले एक गोल गरी टिमको जित बनाए । अपर्णको तर्फबाट सान्तवना गोल सुयोग अर्यालले फर्काए । म्यान अफ दि म्याच अपर्णका अभिषेक मगर घोषित भए ।
पाँचौ खेलमा माउण्ट मनासलु स्कुलले नरग्राम माविलाई २–० गोल निराश बनायो । जितको लागि सरोज चौधरी र अभय चौधरीले गोल गरे । खेलको म्यान अफ द म्याच नरग्रामका सुप्रिम खड्का घोषित भए । शुक्रबार पनि पाँच वटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
विराटनगर, १५ पुस-मोरङको कटहरी गाउँपालिकामा बुधबार विहान तेल बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कटहरी गाउँपालिका–३ मा बुधबार विहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ...
विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...
विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि...
काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...
काठमाडौं, १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो । ६ महिना...
काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...
विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...